हिम्मत छ ? भन्दै स्वागत नेपालले दिए ज्ञानेन्द्र शाहीकै भाषामा कडा जवाफ (भिडियो)

मनिषा थापा

पिएनपिखबर : ज्ञानेन्द्र शाहीको भावनालाई ‘नेपालका लागि नेपाली’का अभियान्ता सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले दुरुपयोग गरेको स्वागत नेपालको आरोप छ। ‘स्वतन्त्र राष्ट्रिय अभियान’का अभियान्ता उनले ज्ञानेन्द्र शाहीलाई राजतन्त्रवादीले प्रयोग गरेको आरोप लगाउदै आएका छन्।

केहि समय अघि एक अन्तर्वार्तामा ज्ञानेन्द्र शाहीले स्वागत नेपालको कर्तुत आफ्नो मोबाइलमा छ भनेका थिए। यसै विषयलाई खण्डन गर्दै स्वागत नेपालले भने, ‘ केहि हप्ता अघि मात्रै जीवन मै पहिलोपटक भेटेको भन्नु भएको छ शाहीले, भर्खरै भेटेको व्यक्तिले कसरी पाउनुभयो मेरो भिडियो। यसले पनि पुष्टी गर्छ कि उनी अरुबाटै परिचालित छन्। सूचना दिने अरु बोल्ने चाहिँ उनी हुन्।”

उनले थपे, ‘मेरो त्यस्तो भिडियो छदै छैन तर भएमा पनि कर्तुत भनिएको भिडियो देखाउन अनुरोध गर्न चाहान्छु।’

‘स्वतन्त्र अभियान’ले केहि गरेन भन्नेहरुलाई उनले काम हेर्नको लागि गुगलमा सर्च गर्न अनुरोध गरेका छन्। उनले ज्ञानेन्द्र शाहीले भने जस्तै गरी भने, ‘हिम्मत छ ? बालकृष्ण र सुरेन्द्र ज्युसँग हामीले गरेको जस्तै गरेको काम गरेर देखाउने ?’ हामीले जे काम गर्यौ त्यसपछि मात्रै मिडियामा आयौ।’

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू