ह्वात्तै घट्यो सुनको भाउ

मनिषा थापा

काठमाडौँ : साताको तेस्रो दिन आज मंगलबार सुनको मूल्य तोलामा सात सय रुपैयाँ घटेको छ ।

सोमबार सुनको भाउ बढेर छापावाल सुन प्रतितोला ७१ हजार ७ सय र तेजावी सुन प्रतितोला ७१ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको थियो भने आज ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै मंगलबार चाँदी तोलामा १० रुपैयाँले घटेर ८७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

प्रतिक्रिया