ह्वात्तै घट्यो सुनचाँदीको भाउ

शर्मिला गुरुङ

काठमाडौं, मंसिर ७  :  आज साताको अन्तिम दिन अर्थात शुक्रबार नेपाली बजारमा सुन चाँदीको मूल्य घटेको छ ।

हिजो बिहीबार बजारमा छापावाल सुन प्रतितोला ५८ हजार ४ रुपैयाँमा र तेजावी सुन प्रतितोला ५८ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो भने आज रु तीन सय रुपैयाँले घटेर क्रमश : प्रतितोला ५८ हजार १ सय रुपैयाँ र ५७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

त्यस्तै, शुक्रबार बजारमा चाँदीको मूल्य पनि घटेको छ ।

बिहीबार बजारमा चाँदी प्रतितोला मूल्य ७२५ रुपैयाँमा कारोबार भएको चाँदी आज दश रुपैयाँले घटेर प्रतितोला ७१५ रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

प्रतिक्रिया