१६ वर्षको उमेर मै आमा बनेकी सुन्तलीको यस्तो दयनीय अवस्था

मनिषा थापा

पिएनपिखबर : दाङको विकटक्षेत्र राजपुर गाउँपालिकामा सानै उमेरमा शिशु जन्माउने क्रम घटेको छैन।

दाङको राजपुर गाउँपालिकाको रोहिनियाकी १६ वर्षीया सुन्तली चौधरीले शिशु जन्माइन तर विडम्बनाको कुरा के हो भने उनको सन्तानको बाबुबारे उनी अनविज्ञ छिन्। उनी मानसिकरुपमा अस्वस्थ छिन्। उनी विगत ५ वर्ष देखि मानसिक सन्तुलन गुमाएकी हुन्।

उनको कमजोरीको फाइदा उठाएर धेरैले बलात्कार गरेको त्यहाँकी महिला वडा सदस्य हिरा हमालले बताईन। उनले १४ वर्षको बच्चा देखि ६२ वर्षीय वृद्धले समेत् बलात्कार गरेको खुलाईन।

धेरै सोधखोज पछि ६२ वर्षीयको वृद्धको बच्चा रहेको सुन्तलीले बताए पनि त्यही वृद्ध कै बच्चा हो भनेर ठ्याक्कै भन्न नसकिने उनले बताईन। सुन्तलीको घरबाट राम्ररी रेखदेख भएको भए यति सानै उमेरमा आमा बन्ने अवस्था नहुने उनी बताउछिन। 

बाँकी हर्नुहोस भिडियोमा……..

प्रतिक्रिया

सम्बन्धित समाचारहरू