२ वर्षसम्म ओखलीमा बाँधिएका मित्रहाङले बल्ल पाए आमाबुबाको न्यानो काँख [भिडियो सहित]

पूजा बानियाँ

पिएनपिखबर, भक्तपुर। आमा शिला चेम्जोङले दोस्रो विवाह गरेपछि दुई वर्षदेखि ओखलीमा बाँधेर राखिएको मिल्लाजुङ-५ कुरुम्बाका पाँच वर्षीय बालक मित्रहाङ सम्बाहम्फेलाई अहिले काठमाडौँ ल्याइएको छ। बुवा आशिकराम वैदेशिक रोजगारीमा गए पछि मित्रहाङको आमाल पनि उनलाई छोडेर दोश्रो बिबाह गरिन्।

सार्है छुकछुक गर्ने, एकछिन चुप लागेर बस्ने नभएकोले बाध्य भएर उनको हजुरआमाले उनलाई त्यसरी पशु सरह बाधेर राख्नु परेको बताउछिन्। ‘आमाले छाडेपछि बच्चा रेखदेख गर्ने कोही छैन’, हजुरआमाले भनिन्, ‘बच्चालाई बाँधेर हामी बूढाबूढी काममा निस्किन्छौं।’ रातको समयमा पनि बाँधेरै राख्ने गरिएको उनले सुनाइन्। दाम्लो खोले बच्चा जथाभावी कुद्ने र जे पायो त्यही खाने उनको भनाइ छ।

अहिले उनको उपचारपछीको दैनिकी केही सहज बन्दै गएको छ। धरानमा उपचार सम्भव नभएपछी उनलाइ अहिले काठमाण्डु पुर्याइएको हो। ‘आमाले छाडेपछि दाम्लोमा’ शीर्षकमा अन्नपूर्ण पोस्ट्मा समाचार छापिएपछि मित्रहाङको उपचारका लागि धरानस्थिति बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा उपचारमा लगिएको थियो।

समाचार छापिएपछि सामाजिक अभियन्ता खुसी राईको सक्रियतामा मित्रहाङलाई उपचारका लागि घोपा लगिएको थियो। बोल्न नसक्ने र चिच्याउने मित्रहाङको घोपामा उपचार सम्भव नभएपछि काठमाडौं लगिएको हो। अभियान्ता राई आफै विराटनगर आएर मित्रहाङलाई काठमाडौं लगेकी हुन्। घोपाकामा चिकित्सक अरुणकुमार सिंह मित्रहाङको उपचारमा खटिएका थिए।

उपचार सम्भव नहुने भएपछि उनको थेरापीसहित खान र बस्ने व्यवस्था गरी मित्रहाङलाई काठमाडौं लागिएको हो। नयाँ जीवन नेपाल नामक संस्थामा मित्रहाङको रेखदेख गर्ने व्यवस्था मिलाइएको राईले बताइन्। ‘मित्रहाङको रेखदेख गरेबापत मासिक २० हजार रुपैँया संस्थालाई बुझाउने सहमति भएको छ’, राईले भनिन्,‘मित्रहाङलाई खान र बस्न पनि व्यवस्था गरिएको छ।’ मित्रहाङको उपचार र रेखदेखका लागि आवश्यक रकम जुटाउन सबै सामु सहयोगको अपील समेत राइले गरेकी छिन।

नयाँ जीवन नेपाल नामक संस्था राजन खनालले ५ वर्ष अगाडी देखि संचालन गर्दै आएका हुन्। यस संस्थामा अटिजम भएका व्यक्तिलाई स्याहार सुसार गर्ने देखि व्यवहारिक जीवन जिउन सहज हुने शिक्षादिक्षा दिने सम्मको काम गरिन्छ। मित्रहाङ त एक प्रतिनिधि पात्र मात्रै हुन् उनी जस्ता अझै २५ जना अरु अटिजम भएका व्यक्तिलाई राजन खनालले लालनपालन गरिरहेका छन्। यद्दपि मित्रहाङ आए देखि संस्थाले पनि अलि चर्चा पाएको उनको दावी छ।

मित्रहाङ अब पहिलाको जस्तो रहेनन्। उनको जीवन बिस्तारै परिवर्तन हुँदै गएको छ। उनलाई कचौरामा खान खाने बानी बसालिदै छ। डाइपर लगिदिने देखि लिएर खुवाउने पिलाउने जिम्मा भने संस्था कै सचिव कविता भण्डारीले लिएकी छिन्।

हेर्नुहोस मित्रहाङको पहिले र अहिलेको अवस्था भिडियोमा :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू