४५ बर्षिय मलाइका फिट रहन यसो गर्छिन

रिता घिसिंग

पिएनपिखबर : बलिउड अभिनेत्री मलाइका अरोड़ा उमेरले ४५ कटे पनि उत्तिनै फिट देखिन्छिन। आफुलाई फिट राख्न उनि दिनहुँ एक्सरसाइज गर्ने गर्छिन।

एक्सरसाइजका साथ साथै एंटी ऑक्सीडेंट फूड पनि खाने गर्छिन। वर्कआउटपछि उनि ताजाखाजा खान रुचाउछिन। मलाइका आफ्नो दिनको सुरुवात जूस पिएर गर्छिन। जसले शरीरमा एनर्जी प्राप्त हुन्छ।

तौल कन्ट्रोल गर्नका लागि लन्च र डिनरमा डीटॉक्स मील खान्छिन। जसमा प्राय जसो उमलिएको तरकारी शामिल हुन्छ।

मलाइका डिनरमा सादा र सिम्पल खाना खान रुचाउछिन्। उनि मिठाई खादैनन्। हरेक बिहान बदाम मिल्क, अलैची पाउडर र महसंग ओट्स खान्छिन। उनलाई डीटॉक्स जूस खाना मन पर्छ । नरिवलको पानी पिउछिन। साथै हार्ड ड्रिंक्स र चुरोटबाट टाढा बस्छिन।

मलाइका फिट रहन जिम जानुको साथ साथै आउटडोर स्पोटर्स पनि खेल्छिन। हरेक दिन आधा घण्टा स्विमिंग, साइकलिंग र जगिंङ्ग पनि गर्छन। उनि फिट रहनको लागि योगा, डांस, वेट ट्रेनिंग, किक बॉक्सिंग पनि गर्ने गर्छिन। हरेक दिन फ्रेस रहन राति ७/८ घण्टा सुत्छिन।

प्रतिक्रिया