अक्सिजन खोज्ने जिम्मा अस्पतालको हो, बिरामीका आफन्तलाई नभन्नुहोस् : स्वास्थ्य मन्त्रालय

admin

काठमाडौं, २ जेठ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितका आफन्तलाई अक्सिजनको सिलिन्डर ल्याउन नभन्न निर्देशन दिएको छ।

आज मन्त्रालयमा आयोजित कोभिड १९ प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अक्सिजनको व्यवस्थापन गर्ने काम अस्पतालको भएको भन्दै त्यस्तो गुनासो नआउने गरी काम गर्न निर्देशन दिएका हुन्।

अस्पतालहरूमा अक्सिजनको अभाव हुँदै गरेको भनी चिकित्सकहरूले बिरामीका आफन्तलाई अक्सिजन ल्याएर आउनुहोस् भन्ने गरिएको छ भन्ने गरिएको सुनिएको छ, उनले भने ‘सम्पुर्ण चिकित्सक, नर्स, स्वास्थ्यकर्मीहरुलाई विरामीका आफन्तलाई अक्सिजन खोजेर ल्याउनुस् भन्ने अनुरोध नगर्न हामी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तर्फबाट हार्दिक अनुरोध गर्दछौँ।’

यसअघि काठमाडौंसहित देशभरका बिभिन्न ठाउँमा अक्सिजनको अभावमा धेरै कोरोना संक्रमितले ज्यान गुमाएका थिए। नेपालमा अहिले दोस्रो लहरको कोरोना संक्रमणदर उच्च बिन्दुमा पुगेको छ। जसका कारण धेरै संक्रमित अस्पतालमा उपचाररत रहेका छन्।

यसअघि धेरै बिरामीले अक्सिजनको अभावमा ज्यान गुमाउनु परेको गुनासो बढेको थियो भने कतिपय अस्पतालले अक्सिजन नभएको भन्दै बिरामी भर्ना नै रोकेका थिए।

प्रतिक्रिया