अनलाइन पुनः श्रम स्वीकृति लिनका लागि पासवर्ड वा इमेल बिर्सिनुभएको छ भने, यी कुरामा ध्यान दिनुहोस्

admin

काठमाडौं, २४ पुस : अनलाइन पुनः श्रम स्वीकृतिको लागि सेवाग्राही आफैले आवेदन गरी श्रम स्वीकृति लिन सक्ने व्यवस्था भएकाले पहिले फारम भर्दाको एफईआईएमएस युजर अकाउन्टबाटै आवेदन दिनुपर्ने हुन्छ ।

तपाईंले एफईआईएमएस युजर अकाउन्टको पासवर्ड बिर्सिनुभएको छ भने फोर्गेट पासवर्डमार्फत पासवर्ड प्राप्त गर्न सकिने वैदेशिक रोजगार विभागले जनाएको छ । तर यदि एफईआईएमएस युजर अकाउन्टको इमेल ठेगाना वा मोबाइल नम्बर गलत प्रविष्ट गरिएकाले पासवर्ड रिकभर हुन नसकेमा भने पासवर्ड रिसेट गर्नुपर्ने विभागले जनाएको छ ।

त्यसको लागि काठमाडौंमा रहेको वैदेशिक रोजगार कार्यालय, प्रदेशमा रहेका श्रम कार्यालय, गन्तव्य देशमा रहेका नेपाली कुटनीतिक नियोगबाट निवेदनको ढाँचा प्राप्त गरी रिसेट गर्न सकिने विभागले जनाएको छ । निवेदनको ढाँचा वैदेशिक रोजगार विभागबाटै पनि प्राप्त गर्न सकिन्छ ।   https://dofe.gov.np/DetailPage.aspx/id/171/lan/ne-NP पासवर्ड रिसेट (PASSWORD RESET) गर्ने सम्बन्धी अनुरोध फारम ।

प्रतिक्रिया