अन्तरराष्ट्रिय गोजुरियो कराँतेमा भाग लिन स्कुले विद्यार्थी धनगढि प्रस्थान

शर्मिला गुरुङ

काठमाडौं, ७ जेठ : अन्तरराष्ट्रिय गोजुरियो कराँते प्रतियोगिता २०७६ मा भाग लिन काठमाडौं ग्लोवल स्कुलका तर्फबाट विद्यार्थीहरु सुदुरपश्चिम क्षेत्रिय रंगशाला धनगढि प्रस्थान गरेका छन् । अन्तरराष्ट्रिय रेफ्री तथा प्रशिक्षक सरिता सापकोटाको संयोजन रहेको उक्त टोलीमा सविना थापा, प्रतिक गुरुङ, मेधा राना र राज गुरुङ सहभागी छन् ।

२०७४ सालका उत्कृष्ट प्रधानाध्यापक अवार्ड विजेता मनोज आचार्यको नेतृत्वमा गठन भएको उक्त स्कुलले आज विहान शुभकामना सहित खेलाडिहरुलाई विदाई गरिएको हो । प्रतियोगिताले स्कुलका विद्यार्थीमा विभिन्न देशसँग भाईचाराको सम्वन्ध अझ गाढा हुने विश्वास राख्दै संस्थापक प्रअ आचार्यले यस्ता अन्तरराष्ट्रिय खेलको अनुभवले विद्यार्थीका अनुभव बढाउन सहयोग पुग्ने पनि बताए । राष्ट्रवादी विकासशील अभियानद्धारा प्रायोजित उक्त प्रतियोगितामा भारत, श्रीलंका, भुटान, बंगलादेश र पाकिस्तानका विभिन्न क्लवका ७ सय खेलाडीहरु सहभागी हुदै छन् । प्रतियोगिता जेठ ९ गते शुरु भई ११ गते सम्पन्न हुनेछ ।

प्रतिक्रिया