अबको तीन महिनाभित्र सबै नेपालीले निःशुल्क खोप पाउँछन् : प्रधानमन्त्री ओली

admin

काठमाडौं, १४ माघ : प्रधानमन्त्री केपी शर्मा ओलीले अबको तीन महिनामा सबै नेपालीलाई खोप लगाइसक्ने बताएका छन् । आम नागरिकलाई रोग र भोकबाट बचाउनु नै सरकारको प्रमुख प्राथमिकता रहेको भन्दै उनले अबको तीन महिनासम्म सबै नेपालीले कोरोना खोप पाइसक्ने सम्भावना रहेको बताएका हुन् ।

खोप अभियानको शुभराम्भ गर्दै प्रधानमन्त्री ओलीले कोरोनाको संक्रमण नियन्त्रणका लागि पालिकाहरुले ठूलो भूमिका निर्वाह गरेको र पालिकाको भूमिका कति महत्वपूर्ण हुँदोरहेछ भनेर स्पष्ट पारेको बताए । कोरोनाविरुद्धको खोप सबै नेपालीले निःशुल्क पाउने पनि उनको भनाइ रहेको छ ।

यस्तै उनले कोरोना संक्रमणम सुरु हुनेबित्तिकै पालिकाहरुले गरेको कामप्रति धन्यवाद व्यक्त गरेका छन् । पालिकाको आवश्यकता कोरोना भाइरसको संक्रमणले निम्त्याएको परिस्थितिले पनि पुष्टि गरेको उनले बताए । उनले आफूले खतरा मोल्न तयार भएर अरुलाई बचाउन क्रियाशिल रहने अग्रपंक्तीमा रहेका व्यक्तिहरुको पनि प्रशंसा गरेका छन् ।

गएको १ वर्ष अन्यन्तै कठिन अवस्थाबाट गुज्रिएको भन्दै उनले छोटो तयारीमै नेपालले खोप ल्याउन सफल भएको बताए । उनले खोप उपलब्ध गराएकोमा भारतका प्रधानन्त्री नरेन्द्र मोदीलाई पनि धन्यवाद दिएका छन् ।

प्रतिक्रिया