अभिनेत्रीको योग भिडियोले सोसल मिडियामा तहल्का

admin

एजेन्सी, ६ चैत : जिम बन्द गर्ने आदेशले सर्वसाधारण मात्र होइन बलिउड सेलिब्रेटीमा पनि दुविधा देखिएको छ ।

कोरोना भाइरसको बढ्दो प्रभावका कारण दिल्ली, मुम्बई लगायत केही स्थानको जिम स्टेशन समेत बन्द गर्ने आदेश जारी भएको छ ।

यो अवस्थामा नियमित एक्सरसाइज गर्ने बानी भएकाहरुका लागि अभिनेत्री ज्याकलिन फर्नान्डिसले योग आसनको केही भिडियो सार्वजनिक गरेकी छिन् ।

जसबाट सर्वसाधारणले योगको टिप्स पाउन सक्दछन् । भिडियोमा ज्याकलिन योगका विभिन्न आसन समेत देखाएकी छिन् । उनको योगको ब्याकग्राउण्डमा म्युजिक पनि बजेको छ ।

ज्याकलिनको भिडियो सर्वसाधारले निकै मन पराएका छन् । त्यसैले पनि भिडियो सामाजिक संजालमा भाइरल भइरहेको छ ।

योग गर्दा ज्याकलिनले पिंक कलरको शर्ट ड्रेस लगाएकी छिन् । जसमा उनी निकै बोल्ड देखिन्छिन् । भिडियोका साथ ज्याकलिनले क्याप्सनमा लेखेकी छन् ‘आफ्नो शरिरलाई स्वस्थ्य राख्नुहोस् । याद गर्नुस् योग गर्दा म्युजिक र डीप ब्रीथ तपाइलाई आवश्यक पर्दछ ।’

प्रतिक्रिया