अभिनेत्री निशा घिमिरेको स्वास्थ्यमा केही सुधार, सहयोग जुट्ने क्रम जारी

admin

काठमाडौं, ३१ जेठ : नर्भिक अस्पतालमा उपचाररत अभिनेत्री तथा मोडल निशा घिमिरेको स्वास्थ्यमा केही सुधार देखिएको छ । उपचारका लागि सहयोग गरिरहेको नवजीवनका संस्थापक दुर्गानाथ दाहालका अनुसार भर्ना गरिएको पहिलो दिनमै उनमा सुधार देखिएको हो । भारतमा तीनवर्षअघि सवारी दुर्घटनामा परेकी निशाको उपचार आर्थिक अभावले हुन सकेको थिएन ।

उनको उपचारमा परिवारले घरजग्गा पनि बेचेका थिए । नवजीवन परोपकार समाज र नर्भिक अस्पतालकी निर्देशक मेघा चौधरीको प्रयासमा बिहीबारदेखि निशाको उपचार नर्भिक अस्पतालमा भइरहेको छ। नवजीवन परोपकार समाजकी प्रमुख संरक्षक मेघा चौधरीले देखेपछि उनले नर्भिक अस्पतालमा निःशुल्क उपचार गरिदिने बताएकी थिइन् ।

प्रतिक्रिया