अमेरिकाको ४६औँ राष्ट्रपतिको रुपमा निर्वाचित बाइडेनको आज शपथ-ग्रहण

admin

काठमाडौं, ७ माघ : अमेरिकाको ४६औँ राष्ट्रपतिको रुपमा निर्वाचित जो बाइडेन र उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसले बुधबारदेखि पदभार ग्रहण गर्नेभएका छन् । नेपाली समयअनुसार (आज) बुधबार राति १० बजेर १५ मिनेटमा शपथ-ग्रहण गरेपछि उनीहरुको कार्यकाल सुरु हुनेछ ।

पदभार ग्रहण गरेसँगै बाइडेन अबको ४ वर्षसम्म ह्वाइट हाउसको निवासमा बस्नेछन् । यहि जनवरी ६ मा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुले अमेरिकाको संसदमा आक्रमण गरेपछि सत्तारोहण समारोहमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ ।

बुधबार वासिङ्टन डिसीका धेरैजसो ठाउँहरु बन्द हुने भएका छन् । अमेरिकी गुप्तचर निकायले सुरक्षाको नेतृत्व गरेको र हजारौँ प्रहरीलाई सहयोग गर्न न्यान्शल गार्डका झण्डै १५ हजार सुरक्षाकर्मी खटाउन लागिएको छ ।

यस्तै बहिर्गमन हुन लागेका राष्ट्रपतिले आफ्ना उत्तराधिकारीको सपथ ग्रहण गरेको हेर्ने परम्परा भएपनि बाइडेनको सत्तारोहण हेर्न राष्ट्रपति ट्रम्प सहभागि नहुने भएका बीबीसीले जनाएको छ ।

प्रतिक्रिया