अर्को सूचना जारी नहुँदासम्म स्वास्थ्य उपचारका लागि मात्र विदेश जानेको राहदानी जारी हुने

admin

काठमाडौं, ३१ बैशाख : स्वास्थ्य उपचारका लागि विदेश जानु पर्ने र उनीहरूसँगै यात्रा गर्ने व्यक्तिको बाहेक अरूको राहदानी जारी नहुने भएको छ । नेपालमा पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएको र विभागमा कार्यरत कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको भन्दै (आज) शुक्रबारदेखि स्वास्थ्य उपचारका लागि जानु पर्ने बाहेक अन्य व्यक्तिको राहदानी जारी नहुने राहदानी विभागले जनाएको छ ।

अर्को सूचना जारी नहुँदासम्म अब अन्य व्यक्तिका लागि पासपोर्ट जारी हुने छैन । विभागका अनुसार स्वास्थ्य उपचारका लागि विदेश जाने र उनीहरूसँगै यात्रा गर्ने व्यक्तिले आवश्यक कागजातसहित हरेक सोमबार र बिहीबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म विभागमा सम्पर्क गर्न सकिने छ । अन्य समयमा सेवा प्रवाह नगर्ने विभागले जनाएको छ ।

प्रतिक्रिया