अलियाले दिए कंगनालाई यस्तो जवाफ, भनिन् ‘मसंग उनको जस्तो क्षमता छैन ‘

रिता घिसिंग

पिएनपिखबर : बलिउड अभिनेत्री कंगना रनौत आफ्नो बयानका कारण जहिले चर्चामा रहिरहन्छिन। हालै आफ्नो फिल्म मणिकर्णिकाको सफलता पार्टीमा कंगनाले केहि बलिउड स्टारहरुलाई निशाना गर्दै बयान दिएका छन् । जसमा उनले भनेका छन् कि ‘अलिया भट्ट, रणबीर कपूर र रणवीर सिंहले राजनीति कुरा नगर्नुको एक कारण गैरजिम्मेवार दृष्टिकोण हो। ‘

हालै अलियालाइ एक अन्तरबार्ता यस सम्बन्धि प्रश्न सोधेका छन्। तब उनले भनेका छन् ‘म हरेक कुरा ख्याल राख्ने गर्छु, तर म उनलाई आफ्नै सोच्छु। म कंगनाको एकदम इज्जत गर्छु। किनकी जति उनिसंग बोल्नेको क्षमता छ मसंग त्यति छैन।’

 

अलिया भन्छिन ‘हुनसक्छ कंगना सहि छे किनकि अरु उनि जस्तै अहम मुद्दामा कुरा गर्दैनन्। तर हामी आफैले आफैलाई रोक्ने गर्छु किन बेकारमा बोल्नु। मेरो बुबा भन्नुहुन्छ दुनिया मानिसका विचारले भरिपुर छ। यो संसार तिम्रो विचार बिना पनि चल्छ। ‘

 

 रणबीर र आलियाले एक च्याट शोमा भनेका थिए। हामी किन राजनीतिक बिषयमा कुरा गर्ने ? कंगनाले उनीहरुलाई लक्ष्य गर्दै ‘आफ्नो घरमा बिजुली पानी आयो भन्दैमा यसको मतलब यो होइन कि आफ्नो देशको राजनीतिकमा रुची नराख्नु। यो देश हो त्यसैले आनन्दले घरमा बस्न सकेका छौ र महँगो कारमा घुम्न पाएका छौ तर यो पैसा हाम्रै देशवाशीको हो। ‘ भनेका छन्। 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू