आजदेखि २० दिनका लागि तातोपानी नाका बन्द

admin

काठमाडौं, ८ माघ : चीनसँगको प्रमुख नाका तातोपानी बन्द भएको छ । बिहीबारदेखि २० दिनका लागि तातोपानी नाका बन्द भएको तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले जानकारी दिएका छन् । सीमामा रहेको मितेरी पुल पुनर्निर्माण गर्न बिहीबारदेखि नाका बन्द गर्ने जानकारी चिनियाँ पक्षले यसअघि नै दिइसकेको थियो ।

पहिलेकै बाढीले क्षति पुर्‍याएको पुलको एक भागमा यस वर्षको बाढीले थप क्षति गरेपछि चिनियाँ पक्षले मर्मत गर्न लागेको हो । यो नाकाबाट कार्तिक महिनायता एक हजारभन्दा बढी सामान बोकेका कन्टेनर नेपाल भित्रिएका छन् । बाढीले क्षति पुर्‍याएको पुल पुनर्निर्माण गर्न २० दिन लाग्ने जानकारी आएको तातोपानी भन्सार कार्यालयका प्रमुख खत्रीले जानकारी दिए ।

प्रतिक्रिया