आजै सत्ता गठबन्धनको बैठक बस्ने, मन्त्रिपरिषद्ले पाउँला त पूर्णता ?

admin

काठमाडौं, ६ असोज : सत्तारुढ गठबन्धनका ५ राजनीतिक दलको बैठक बुधबार पनि बस्ने भएको छ । बुधबार साँझ गठबन्धनको बैठक बस्ने प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिएका छन् ।

उनका अनुसार बैठक बस्ने तय भएपनि सिंहदरबार वा बालुवाटार कहाँ बस्ने भन्ने टुंगो लागिसकेको छैन । बुधबारको बैठकमा मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे छलफल हुने बताइएको छ । मंगलबार पनि गठबन्धन दलको बैठक बसेको थियो ।

उक्त बैठकमा माओवादीबाट मात्रै भएपनि मन्त्री हुनेको नाम पठाउन प्रधानमन्त्री देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रस्ताव गरेका थिए । सोही अनुसार मन्त्रीको नाम टुंगो लगाउन माओवादी केन्द्रको स्थायी समितिको बैठक पेरिसडाँडामा बसिरहेको छ भने कांग्रेसको पदाधिकारी बैठक पनि सिंहदरबारमा केहीबेरमा बस्दैछ ।

यता गठबन्धन घटक नेकपा एकीकृतको केन्द्रीय समिति बैठक पनि जारी छ । काँग्रेसको पदाधिकारी, माओवादी केन्द्रको स्थायी समिति र एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सकेर गठबन्धनको बैठक बस्न लागेको हो ।

प्रतिक्रिया