आज उपत्यकामा ५१ सहित ४१८ जना संक्रमित थपिए

admin

काठमाडौं, १९ साउन : सोमबार उपत्यकामा ५१ सहित थप ४१८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको कुल संख्या २० हजार ७५० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा तीन सय ५८ जना निको भएर घर फर्किएसँगै निको हुनेको संख्या १४ हजार नौ सय ६१ पुगेको छ । अहिले पाँच हजार सात सय ३२ जना आइसोलेसनमा रहेका छन् । १० हजार चार सय ५२ जना क्वरेण्टीनमा रहेका छन् ।

प्रतिक्रिया