आज कुशे औँसी : यसरी कुशलाई प्रयोग गर्नुहोस भइन्छ धनवान

मनिषा थापा

एजेन्सी : हिन्दू संस्कारमा कुशले महत्त्वपूर्ण भूमिका खेलको पाइन्छ । कुश्बाट औठी बनाई पुजा, होम तथा अन्य धार्मिक कार्यहरुमा लगाउने चलन छ। कुशले पबित्र कार्यमा सहभागी भएका कर्तालाई शुद्धिकरण पार्न प्रभाव पार्दछ भन्ने विश्वास छ। यसको प्रयोग वैदिककाल देखि सुरु भएको मानिन्छ।

अथर्व वेदमा यसलाई क्रोध नासक र नकारात्मक उर्जालाई विनाश गर्ने भनेर उल्लेख गरिएको छ। त्यसैगरी भागवत गीतामामा भगवान कृष्णले कुशलाई, एउटा निश्चित वा एकान्त ठाउँमा चयन गरी भुइँमा विछाएर हरिणको छाला माथी बसी ध्यानयोग अभ्यास गर्नुपर्ने बताएका छन्।

हिन्दु धर्मशास्त्रमा कुशको कथन अनेकौ रुपमा गरिएको पाइन्छ। कसैले कुशलाइ भगवान ब्रह्माको केश वा कपाल भन्छन भने कसैले यसलाई भगवान विष्णुको कपाल भन्ने गर्छन। त्यसैगरी, रामायणको एक लोक कथामा यसलाई माता सिताको कपाल भनेर उल्लेख गरेको पाइन्छ। 

भानिन्छ जब माता सिता धर्तिमा समाहित हुनेवेला भगवान रामले उनको कपाल तानी रोक्न खोजेको र अन्तत त्यो कपाल कुशमा परिणित भएको पनि कथन छ। जसरि कथन भएपनि हिन्दु धर्मलम्भीहरुले कुशलाई पवित्र र धार्मिक कार्यहरुमा प्रयोग गर्ने गर्छन।

कुशको सम्पूर्ण गुणलाई आकर्षण गर्न के गर्ने

१. कुशको औठी बनाइ विशेष लाभ हुनेगर्दछ।

२. कुशलाई रातो कपडामा वेरेर घरमा राख्दा समृद्धि वा धन लाभ हुने गर्दछ।

३. गरुड पुराणका अनुसार, कुशमा तिनै देवताहरु ब्रह्मा, विष्णु र महेश क्रमश अग्र, मध्य र जरामा वासगर्ने र पितृहरु कुशको टुप्पामा वासगर्ने भएकाले तर्पण गर्दा कुशलाई औलामा लगाइञ्छ जसका कारण तर्पणको समयमा पितृहरुलाई चडाएको जल तथा पिण्ड सजिलै उनिहरु सामु पुग्ने विश्वास छ। .

. कुशको टुप्पो कहिले भान्च्नु नहुने तेसो गर्दा कुश काम नलाग्ने हुने

५. कुशको थुप्रोबाट कुश निकाल्दा जहिले तल्लो / मूल/ जराबाट उठाउनुपर्दछ। यसलाई कहिले टुप्पोबाट उठाउन नहुने विश्वास छ।

. कुशलाई घरमा वा अन्य ठाउमा राख्दा यसको टुप्पोलाई पुर्व वा उत्तर दिशामा फर्काएर राख्नुपर्ने मान्यता छ।

७. कुशलाई खाली भूमिमा राख्न नहुने विश्वास छ।

८. यदि यसलाई कुल्चीएको छ भने यसलाई फेरि प्रयोग गर्नु नहुने विश्वास छ।

९. कुशलाइ नङले भांच्नु वा काट्नु नहुने मान्यता छ।

प्रतिक्रिया