आज गायिका अरुणा लामाको स्मृति दिवस

admin

काठमाडौं, २२ माघ : सुप्रसिद्ध नेपाली गायिका अरुणा लामाको (आज) बिहीबार २३औं स्मृति दिवस मनाइँदैछ । उनको सम्झनामा साङ्गीतिक कार्यक्रम हुँदैछन् । विसं २००२ साल भदौ २४ गते दार्जिलिङको घुम पहाडमा जन्मिएकी लामाको २०५४ साल माघ २२ गते काठमाडौंमा निधन भएको थियो ।

‘ए कान्छा मलाई सुनको तारा खसाइ देउन’ बोलको गीत अरुणा लामाले गाएको पहिलो गीत हो भने ‘किन यौवन उदास छ मेरो’ भन्ने गीतबाट उनको गीतियात्रा अघि बढेको थियो । उनका ‘एक्लै बस्दा सधैँ मलाई’, ‘पोहोर साल खुशी फाट्दा’, ‘मनमा तिम्रो’, ‘हेर न हेर कान्छा’ लगायतका गीत अहिले पनि उत्तिकै लोकप्रिय छन् ।

प्रतिक्रिया