आज थप १२ हजार ३ सय ३८ जनामा संक्रमण पुष्टि

admin

काठमाडौं, ६ माघ : नेपालमा (आज) बिहीबार १२ हजार ३ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको २१ हजार ७ पिसिआर परिक्षणका क्रममा १० हजार ५२ जना र ६ हजार ४ सय ९० एन्टीजेन परिक्षणका क्रममा २ हजार २ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ९५ हजार ८ सय ८ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ४ जनाको ज्यान गएको छ भने हालसम्म नेपालमा ११ हजार ६ सय ३२ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

त्यस्तै थप ६ सय ४९ संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख १८ हजार ८ सय ९ जना निको भएका छन् । हाल नेपालमा ५७ हजार ३ सय २८ सक्रिय संक्रमित आइशोलेशन र १ सय २५ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया