आज थप ४२१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ९ हजार नाघ्यो

admin

काठमाडौं, ७ असार : आइतबार बितेको २४ घण्टामा नेपालमा थप ४२१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । जसमध्ये ६४ महिला ३५७ जना पुरुष रहेका छन् ।

योसंगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ९ हजार २६ पुगेको आइतबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर देवकोटाले सो जानकारी दिएका हुन् ।

९ हजार २६ जना मध्ये, ८२० महिला र ८ हजार २०६ जना पुरुष रहेका छन् । बितेको २४ घण्टामा ८ महिला १८६ पुरुष गरी जम्मा १९४ जना कोरोनाभाइरस संक्रमण मुक्त भएका छन् ।

योसहित कोरोना निको हुनेको संख्या १ हजार ७७२ जना रहेका छन् । जसमा १४९ महिला र १ हजार ६२३ पुरुष रहेका छन् । हालसम्म कोरोनाबाट २३ जनाको मृत्यु भएको छ ।

यस्तै, कोरोना भाइरसका कारण आइतबारसम्ममा विश्वभरी चार लाख ६६ हजारभन्दा बढीको मृत्यु भएको छ । एएफपीले सङ्कलन गरेको विभिन्न देशका आधिकारीक निकायका अधिकारीहरुले दिएको रिपोर्ट अनुसार कोरोनाबाट विश्वभरी चार लाख ६६ हजार ८३९ जनाको मृत्यु भएको हो ।

विश्वभरी संक्रमितहरुको संख्या ८९ लाख २३ हजार ७८ पुगेको पनि अधिकारीहरुले जानकारी दिएका छन् । विश्वभरी कुल संक्रमितमध्ये ४७ लाख ४३ हजार ८०९ जना संक्रमणमुक्त भएको जनाइएको छ ।

प्रतिक्रिया