आज दुई हजार पाँच सय ६८ जनामा संक्रमण पुष्टि, थप १८ जनाको ज्यान गयो

admin

काठमाडौं, १७ साउन : आइतबार देशभर दुई हजार पाँच सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आठ हजार चार सय दुई जनाको पीसीआर र चार हजार दुई सय ३४ जनाको एन्टिजेन गरी १२ हजार ६ सय ३६ जनाको नमुना परीक्षण गर्दा दुई हजार पाँच सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यो कुल परीक्षणको २० प्रतिशतभन्दा धेरै हो । आज थपिएकासहित नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या सात लाख ५९ हजार तीन सय सात जना पुगेको छ ।यस्तै बितेको २४ घण्टामा दुई हजार २० जना निको भएसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ५६ हजार एक सय ९७ जना पुगेको छ ।

यही अवधिमा कोरोना संक्रमणका कारण थप १८ जनाको ज्यान गएको पुष्टि भएको छ । योसहित नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या नौ हजार आठ सय ७५ जना पुगेको मन्त्रालयले जनाएको छ । अहिले नेपालमा ३१ हजार दुई सय ९८ जना कोरोनाका सक्रिय संक्रमित छन् ।

प्रतिक्रिया