आज देशका केही ठाउँमा ठूलो बर्षा हुने, सतर्क रहन मौसमविद्को आग्रह

admin

काठमाडौं, १४ साउन : मौसमविद्ले बुधबार देशका केही ठाउँमा ठूलो पानी पर्ने पूर्वानुमान गरेका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार प्रदेश ५ र गण्डकी प्रदेशका केही तथा प्रदेश १, २, वाग्मती र कर्णाली प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने संभावना छ ।

ठूलो पानी परेपछि बाढी, पहिरो र डुबान हुने जोखिम भएकाले आसपासका बासिन्दाले सावधानी अपनाउनुपर्नेछ । बुधबार बिहान सुदूरपश्चिम प्रदेशका कैलाली, कन्चनपुर, डडेल्धुरा, डोटी, अछाम र प्रदेश २ को महोत्तरी, धनुषा र सप्तरीका केही ठाउँमा ठूलो पानी परेको र अरु ठाउँमा हल्कादेखि मध्यम खालको पानी परिरहेको महाशाखाले जनाएको छ ।

यसैबीच गएको ६ घण्टामा ठूलो पानी परेपछि दैलेख र सुर्खेत भएर बहने नदीमा एक्कासी बाढी आउने जोखिम रहेको भन्दै तटीय क्षेत्रका बासिन्दालाई सतर्क हुन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । महाशाखाकाअनुसार अहिले लोहोरे खोला तल्लो ढुङ्गेश्वर, दैलेख बाढी मापन केन्द्रमा पानीको सतहले सतर्कता तह पार गरेको छ ।

प्रतिक्रिया