आज नेप्से १५ अङ्कले बढ्यो

admin

काठमाडौं, ९ बैशाख : शेयर बजार बिहीबार १५ दशमलव आठ अङ्कले बढेर नेप्से २६ सय ४८ बिन्दुमा पुगेको छ । होटल र म्युचुअल फण्डबाहेक सबै समूहको शेयर बढेको छ । बिहीबार बैंकिङ्ग समूहको शेयर नौ अङ्कले, विकास बैंकको ३८ अङ्कले, व्यापारको ११ अङ्कले, जलविद्युतको पाँच अङ्कले, फाइनान्सको साढे एक अङ्कले, माइक्रोफाइनान्सको ५३ अङ्कले, जीवन बीमा र निर्जीवन बीमाको एक सय १४ अङ्कले, उत्पादनको ४७ र अन्य समूहको शेयर ३१ अङ्कले बढेको छ ।

दुई सय १४ कम्पनीका एक करोड ३० लाख कित्ता शेयर पाँच अर्ब ९१ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै एनसीसी बैंकको ६२ करोड २७ लाख रुपैयाँको शेयर किनबेच भयो । विशालबजार कम्पनी, सिन्धु विकास बैंक, महिला लघुवित्त, ग्रिन डेभलपमेन्ट बैंक, ज्योती लाइफ र एनसीसी बैंकको शेयर झण्डै १० प्रतिशतका दरले बढेको छ । समग्र बजार बढे पनि हिमालय उर्जा विकास कम्पनीको शेयर साढे चार अङ्कले घटेको छ ।

प्रतिक्रिया