आज पनि बढ्यो सुनचाँदीको मूल्य, कारोबार कतिमा ?

admin

काठमाडौं, २ माघ : सुनको मूल्य शुक्रबार फेरि ४ सय रुपैयाँले बढेको छ । शुक्रबार सुनको मूल्य तोलामा ९२ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

बिहीबार तोलामा सुन ९२ हजार १ सय रुपैयाँ थियो । त्यस्तै शुक्रबार तेजावी सुनको मूल्य ९२ हजारमा कारोबार भएको छ । यसैगरी शुक्रबार चाँदीको मूल्य तोलामा १२ सय ६० रुपैयाँ पुगेको छ । बिहीबार चाँदी तोलामा १२ सय ४५ रुपैयाँ थियो ।

प्रतिक्रिया