आज पृथ्वी जयन्ती मनाईदै तस्बिरमा हेर्नुहोस् !

admin

काठमाडौं, २७ पुस : पृथ्वी जयन्तीका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहको तस्बिरमा माल्यार्पण गरेकी छिन् ।

राष्ट्रिय एकता दिवस तथा ३०० औं पृथ्वी जयन्तीको अवसरमा मंगलबार राष्ट्रपति भण्डारीले सिंहदरबारको मूल गेट अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकी हुन् ।

पृथ्वी जयन्तीका अवसरमा सार्वजनिक बिदा दिन तथा राष्ट्रिय एकता दिवसका रुपमा मनाउन माग हुँदै आए पनि सरकारले भने ती मागलाई वास्ता गरेन । सरकारी स्तरबाट पृथ्वी जयन्तीका अवसरमा कुनै कार्यक्रम नगरिए पनि राष्ट्रपति भण्डारी पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न पुगेकी हुन् ।

पृथ्वी नारायण शाहको शालिकमा माल्यार्पणपछि राष्ट्रपति भण्डारी काजी कालु पाण्डेको शालिकमा माल्यार्पण गर्न दहचोक जाने कार्यक्रम रहेको छ । पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्नका लागि सर्वसाधारणसमेत पुगेका छन् ।

माल्यार्पण गर्न विभिन्न राजनीतिक दलका नेता, संघसंस्थाका प्रतिनिधि र सर्वसाधारण पनि त्यहाँ पुगेका छन् । कार्यक्रममा पर्यटनमन्त्री प्रेम आले, राप्रपाका नेता कमल थापा लगायत थिए । सोही कार्यक्रममा नेपाली सेनाको टोलीले सम्मान गारद अर्पण गरेको थियो ।

सोही अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाह पनि आजै सोही स्थानमा पुगेर माल्यार्पण गर्ने कार्यक्रम छ । सो क्रममा विभिन्न सांस्कृतिक झाँकी पनि प्रस्तुत गरिएको छ । विसं. १७९९ चैत २५ गते राजा बनेका पृथ्वीनारायण शाहले ५२ राज्यमा विभक्त राज्यलाई एकीकरण गरेका थिए ।

विसं. १८२६ मा काठमाडौं उपत्यकाका तीन वटै राज्य विजयी गरी यहीँ राजधानी स्थापना गरेका थिए । विसं. २०६३ देखि पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा सरकारले बिदा दिन कटौती गरेको छ ।

 

प्रतिक्रिया