आज प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्ने

admin

काठमाडौं, १२ जेठ : प्रधानमन्त्री केपी ओलीले सोमबार साँझ देशवासीको नाममा सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्रीले साँझ साढे ५ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । प्रधानमन्त्रीको सम्बोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने उनले बताए ।

प्रधानमन्त्रीको सम्बोधन देशमा फैलिरहेको कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न र समसामयिक विषयमा केन्द्रित रहने बताइएको छ ।

प्रधानमन्त्रीको सम्बोधनअघि मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । बैठक ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा हुने प्रेस सल्लाहकार थापाले जानकारी दिए ।

प्रतिक्रिया