आज फेरि नौं सय बढ्यो सुनको मूल्य, कारोबार कतिमा ?

admin

काठमाडौं, २७ चैत : सुनको मूल्य फेरि लगातार बढ्न थालेको छ । बिहीबार तोलाको एक हजार रुपैयाँले बढेको सुनको मूल्य शुक्रबार फेरि नौं सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार शुक्रबार सुन प्रतितोला ८९ हजार ९ सय रुपैयाँमा खरिद बिक्री भएको छ ।

यस्तै तेजाबी सुन बिहीबार ८८ हजार ५५० रुपैयाँमा कारोबार भएको शुक्रबार ८९ हजार ४५० रुपैयाँमा कारोबार भएको छ । यसैगरी चाँदीको मूल्य पनि बढेर तोलामा १२ सय ८० रुपैयाँ पुगेको छ । चाँदी बिहीबार तोलामा १२ सय ६० रुपैयाँ थियो ।

प्रतिक्रिया