आज सामान्य बढ्यो शेयर बजार

admin

काठमाडौं, १७ साउन : आइतबार शेयर बजार परिसूचक नेप्से सामान्य बढेको छ । नेप्से एक दशमलव २५ अङ्कले बढेर तीन हजार ८१ दशमलव शून्य पाँच विन्दुमा पुगेको छ । व्यापार समूहको शेयर साढे ७० अङ्कले, विकास बैंकको १९ अङ्कले, जलविद्युतको ८० अङ्कले, उत्पादनको ३५, माइक्रोफाइनान्सको ६५ र लगानी समूहको शेयर झण्डै दुई अङ्कले बढेको छ ।

आइतबार जलविद्युत् समूहका सबैजसो कम्पनीमा हरियाली देखिएको छ । बैंक, होटल, फाइनान्स, बीमा, अन्य र म्युचल फन्ड समूहको शेयर भने घटेको छ । दुई सय २६ कम्पनीका तीन करोड ३ लाख कित्ता शेयर १२ अर्ब १० करोड रुपैयाँमा कारोबार भएका छन् ।

सबैभन्दा धेरै नेशनल हाइड्रो पावर कम्पनीको ३६ करोड रुपैयाँको शेयर किनबेच भएको छ । सिनर्जी पावर, कालिका पावर, घलेम्दी हाइड्रो, युनिभर्सल पावर, ग्रीनलाइफ हाइड्रो र जीवन विकास लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ । लक्ष्मी इक्विटी फन्डको शेयर सात अङ्क र चन्द्रागिरि हिल्सको शेयर झन्डै चार प्रतिशतले घटेको छ ।

प्रतिक्रिया