प्रहरी दमनले सरकारको निरंकुश चरित्र उदाङ्गो भयो, आन्दोलन अझै सशक्त हुने : अध्यक्ष आनन्द अधिकारी (भिडियो)

मनिषा थापा

पिएनपिखबर : हिन्दु राष्ट्र र संवैधानिक राजतन्त्रलाई मुख्य राजनीतिक एजेण्डा बनाउँदै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गत सोमबार काठमाडौंमा गरेको शान्तिपूर्ण जुलुसमा भएको प्रहरी दमनको विरोध गरिरहेको छ। वार्ता र सहमतिका आधारमा समस्याको निकास खोज्नुको सट्टा दमन र हस्तक्षेप गरेर सरकारले परिस्थितिलाई उत्तेजित बनाएको राप्रपाको आरोप छ ।

उक्त जुलुसमा प्रहरीको लाठि चार्जबाट धेरै कार्यकर्ताहरु घाइते भएका छन। राप्रपाका ललितपुर जिल्ला अध्यक्ष आनन्द अधिकारीले शान्तिपूर्ण जुलुसमा भएको दमनले सरकारको निरंकुश चरित्र उदाङ्गो भएको बताए । अधिकारीले जुलुसमा सहभागी मुख्य व्यक्तिलाई छानी छानी दमन भएको आरोप लगाएका छन्।

राप्रपाले हिन्दु राष्ट्रको पुनःस्थापना, राजासहितको लोकतन्त्र स्थापनाका लागि सर्वपक्षीय गोलमेच सम्मेलन, संघीयताबारे जनमत संग्रहलगायत २२ बुँदे माग राख्दै दबाव सृजना गर्न प्रदर्शन गरेको थियो । अधिकारी भन्छन, ‘अब हामी पुर्व तयारीका साथ जुलुसमा उत्रिन्छौ र आन्दोलन अझै सशक्त हुनेछ।’

हेर्नुहोस भिडियो :

प्रतिक्रिया