आफूलाई सधैँ भर्जिन बताउने २० बर्षिय मोटी युवतीले छोरालाई जन्म दिएपछि

रिता घिसिंग

एजेन्सी : एक मोटी युवतीले सधैं आफूलाई ‘भर्जिन’ भएको दाबी गर्दै आएकी थिइन्। तर एक दिन कसैले थाहा नपाउने गरि पेट दुखेको निहुमा अस्पताल पुग्दा उनको यस्तो रहस्य बाहिरिएको छ । जुन सुनेर अस्पतालका कर्मचारीहरुसमेत चकित परेका छन्। उनले आफ्नो २० वर्षे उमेरसम्म पनि आफूले प्रेमी नबनाएको दाबी गर्दै आएकी थिइन्।

चीनको गुइयाङकी ती महिलालाई डाक्टरले गर्भवती भएको बताएपछि उनले सो कुरा विश्वास गर्न मानिनन्। क्लिनिकमा जब उनले बच्चा निकाल्न शल्यक्रिया गर्नुअघि आफ्नो कुमारित्व परीक्षण गर्नसहित माग राखिन्।

ती युवतीलाई प्रसव पीडा हुनै लाग्दा पनि आफू गर्भवती भएको थाहा नभएको बारे थाहा पाएपछि अस्पतालका कर्मचारीसमेत चकित परेका थिए। जब ती युवतीले आफ्नो कुमारीत्व परीक्षणको माग राखिन्। यो निकै चकित पारिदिने खालको थियो।

क्लिनिकका एक कर्मचारीले भने, ‘उनलाई पुरुषहरु मन पर्दैन, कहिले पनि प्रेमी बनाइनन् र कहिले पनि यौन सम्बन्ध राखिनन्, त्यसकारण आफू गर्भवती हुनै नसक्ने उनले दाबी गरिरहेकी थिइन्।’

जब उनका डाक्टरले रक्सीको मातमा यस्तो भएको हो कि भनेर सोधे तब उनले भनिन्, ‘मलाई रक्सीसँग एलर्जी छ, मैले कहिले पनि रक्सी छोएकै छैन।’

महिलाको तौल अत्यधिक भएकाले उनको पेटमा विगत ९ महिनादेखि बच्चा हुर्किरहेको छ भन्ने थाहा नभएको हुनसक्ने डाक्टरले बताएका छन्। पछि उनले छोरा जन्माइन् तर आफू आश्चर्यमा नै परेकी थिइन्।

प्रतिक्रिया