आफ्नै बोसले नगरकोट लगेर जबर्जस्ती गर्न खोजेपछि रुँदै मिडियामा यी चेली [हेर्नुहोस भिडियो]

रिता घिसिंग

पिएनपिखबर, भक्तपुर : यौन हिंसा र शोषणले नेपालको सबै भू–भागलार्ई समेटेको छ । यसले कुनै वर्ग, जात, धर्म र सम्प्रदाय भनेर छुट्याएको हुँदैन । न त यसले बालिकाको उमेरलार्ई नै हेर्ने गरेको छ । त्यसैले हरेक उमेरका छोरी बच्चाहरू शोषणमा परिरहेका हुन्छन् ।

कतिपय पिडितहरु आफूमाथि भएको अत्याचार पनि सहेर नखुलाई बस्ने गर्छन। तर लक्ष्मी पराजुली (नाम परिवर्तन)ले  मिडियामार्फत आफ्नो व्यथा पोखेकी छिन्। उनी पनि यौन शोषणको शिकार हुन पुगिन। उनलाई आफ्नै बोसले नगरकोटमा लगेर जबर्जस्ती गर्ने प्रयास गरेका थिए। ती पिडित महिला घटना घटेको दुई महिना पछि मिडियामा आएकी हुन्। अहिले उनले बोसमाथि उजुरी हालेकी छिन् ।

लक्ष्मी पराजुली(नाम परिवर्तन) राजनितीमा पनि सरिक छन्। उनी नेविसंघको महिला क्षेत्र न ३ को महिला प्रतिनिधि पनि हुन। उनले मास्टरसम्मको अध्धयन पुरा गरिसकेकी छिन्।

यस घटनामा लक्ष्मी अमृत कार्की र हिरामान साही संलग्न रहेको उनको भनाई छ । अमृत कार्की अमृता फाउनडेशनका म्यानेजर हुन् जसमा उनी काम गर्ने गरेकी थिइन् । उनले नै हिरामान साहीसँग मिलेर यो जाल रचेका हुन् । ‘अमृता  फाउनडेशन’ हिरामान साहीकै  संस्था हो जसमा उनी कार्यरत थिईन । हिरामान त्यस संस्थाका मालिक हुनुको साथै क्षेत्र न ३ का बधशालाका संयोजक पनि हुन् । 

घट्ना हुनु अघि हिरामान साही र अमृत कार्कीले लक्ष्मीको आमालाई पटक पटक फोन गरेर  तपाइको छोरीलाई  अफिसमा जागिर दिन्छु भनेर सम्झाउने  गर्दथे। पहिला उनले मानिनन तर पछि उनको नजिकैको दिदिको सल्लाहमा  काम गर्न राजी भईन। त्यसपछि उनी हिरामान साहीको ‘अमृता  फाउनडेशन’मा काम गर्न थालिन। अमृत कार्की त्यस फाउनडेशनका म्यानेजर हुन् जसले उनी माथि  जबरजस्ती गर्ने प्रयास गरेका थिए। त्यहाँ उनी विरामीहरुको रेस्क्यु गर्ने काम  गर्थिन। उनको त्यहाँ डिप्रेसनका विरामीहरुलाई उद्दार गर्न जाने र हेरचाह गर्ने काम हुन्थ्यो ।

एक दिन उनलाई अमृत कार्कीले महिला विरामी लेराउनको लागि नगरकोट जानु पर्ने भयो भनेर उनलाई अमृतले लगे।  उनको अनुसार, अमृतले उनलाई एउटा रिसोर्टमा खाजा खानको लागि लगे र वियर मगाए तर उनले भने खाइनन। उनले आफ्नो व्यक्तिगत कुरा गर्दा गर्दौ योन प्रस्ताब राखे भने के गर्नु हुन्छ, प्रेमी छ छैन भन्दै अनावश्यक प्रस्न सोधी रहेका थिए। त्यसपछि हिरामान शाहीलाई अमृतले फोन गरे र ती महिलालाई कुरा गर्न लगाए। हिरामानले फोनमा मैले रुम बुक गराई दिएको हो तिम्रो जागिर बच्छ भने अमृतले जे भन्छ त्यही मान भनेर फोन काटे। त्यसपछि अमृत नजिक आएर उनलाई रुममा लछारपचार पार्दै भित्र लान खोजे। त्यसपछि उनले अमृतको शर्टको कठालो समातेर थप्पड हानिन र अमृतले माफी मागेर त्यहाँबाट गए। त्यसपछि उनी भोलिपल्ट अफिस गईन र आफ्नो कुरा त्यस संघठनको अध्य्क्षलाई गएर पोखिन। तर उनलाई मद्दत गर्नु सट्टा उनलाई अफिसबाट नै निकालियो।

भाग्यवस उनको हिम्मतको कारण  बलात्कार हुन सकेन । अहिले उनी अमृत कार्की विरुद्ध उजुरी हालेकी छिन्।  उनी यसै सिलसिलामा अदालत धईरहेकी छिन् । अब चाडै नै अदालतले कारवाही गर्ने मिति तय गरेको छ । बाँकी हेर्नुहोस भिडियोमा :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू