आम्नालाई यसरी गीत सिकाउँदै छन् सुदिन [भिडियो सहित]

शर्मिला गुरुङ

पोखरा, १३ चैत्र : एक पाकिस्तानी युवती आम्ना सफिक र नेपाली युवा सुदिन आचार्यले आफुहरु बिचको प्रेम सम्बन्धलाई बिबाहमा परिणत गरेपछी उनिहरुको उदाहरणीय र क्रान्तिकारी कदमको स्वागत सगै अनेकौं जिज्ञासाहरु उत्पन्न भए पछि अहिले नेपाली सञ्चारमाध्यम ले यो जोडीलाई उच्च प्राथमिकताका साथ प्रचारमा ल्याइरहेको छ भने उनिहरु को यो सफलताले प्रेमको आदर्शलाई फरक उचाइ प्रदान समेत गरेको छ । धर्म र प्रेम अलग विषय भएको भन्दै सुदिन आचार्यले धर्म निजि स्वतन्त्रता भएको र प्रेम आपसी बिस्वास र त्याग भएको प्रतिक्रिया दिएका छन भने आम्ना सफिकले सफा र सकारात्मक भावना र सोचाइ नै सबै भन्दा ठूलो कुरा भएको प्रतिक्रिया दिएकी छिन ।

कट्टर हिन्दु परिवारको केटा र कट्टर मुस्लिम परिवारकी केटि बिचको यो सम्बन्धलाई सकारात्मक भावना ,र साचो माया ममताले प्रेमले नै यो सफलतामा पुर्याएको उनिहरुको प्रतिक्रियाले समाजलाई नै सकारात्मक बनाइदिएको छ । पारिवारिक सहमतीमा ल्याएरै गरिएको यो बिबाह बारे उनिहरुले धेरै रोचक खुलासाहरु पनि गरेका छ्न भने उनिहरुको यो सम्बन्धलाई जनस्तरमा बिकासहुन खोजिरहेको नेपाल पाकिस्तान बिचको आत्मिय सम्बन्धको आयामको रुपमा समेत नेपाली मिडिया जगत र नेपाली समाजले विश्लेषण गरेको छ ।
हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू