आलमलाई ३२ वर्ष कैद मागदावी, प्रहरीसँग यस्ता छन् प्रमाण !

मनिषा थापा

पिएनपिखबर : रौतहटका प्रवक्ता डीएसपी नविन कार्कीले सांसद मोहम्मद अफ्ताब आलमको पक्राउपछि रौतहटमा शान्ति सुरक्षामा खटिएको बताएका छन्। उनले बम विस्फोटको अनुसन्धान आफ्नो तर्फबाट सकेर ठोस प्रमाणहरु झुटाएको र आज अदालतमा उक्त प्रमाण पेश गरिएको उनको भनाई छ।

उनले कुनै दबाब विना सबैको सरसहयोगमा निष्पक्ष अनुसन्धान भईरहको उनले बताए। उनले भने, ‘घटना घटेकै हो भन्ने बलियो प्रमाण हाम्रो तर्फबाट सङ्कलन भएको छ। बम विस्फोटमा घाइते रहेका व्यक्ति हाम्रो सम्पर्कमा हुनहुन्छ, घटनाका प्रत्यक्षदर्शी देखि विस्फोटक पदार्थको कारोबार देखिको प्रमाण हामीसँग छ।’ उनले बम बिस्फोटमा परेका एक जीवित व्यक्तिको पहिचान सुरक्षाको निम्ति निकै गोप्य रुपमा राखेको बताए।

रौतहट बम विस्फोटमा घाइते भएकालाई जिउँदै इँटाभट्टामा जलाएको आरोपमा पक्राउ परेका सांसद मोहम्मद अफ्ताब आलमविरुद्ध सोमबार मुद्दा दर्ता भएको छ । आलमविरुद्ध सरकारी वकिल कार्यालयले तीन वटा मुद्दामा ३२ वर्ष कैद मागदावी गर्दै रौतहट जिल्ला अदालतमा अभियोगपत्र पेश गरेको हो। कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैद, ज्यान मार्ने उद्योगमा १० वर्ष र विस्फाेटमा २ वर्ष कैद माग दावी गरिएको हो ।

साविक मुलुकी ऐनमा सर्वस्वसहित जन्मकैदमा २० वर्ष कैद हुन्छ । तीन वटा कसुरमा आलमलाई ३२ वर्ष कैद मागदावीसहित अभियोगपत्र जिल्ला अदालतमा पेश गरिएको जानकारी छ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया