इमान्दार र निडर ट्राफिक प्रहरीलाई सडकमै युवाहरुले गरे सम्मान (भिडियो)

मनिषा थापा

पिएनपिखबर, भक्तपुर : गृह मन्त्रालयका प्रवक्तालाई कारवाही गरेर एक ट्राफिक प्रहरी चर्चामा आएका छन्। सिंहदरबारको पूर्वी गेटअगाडि जथाभावी पार्किङ गरिएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव रामकृष्ण सुवेदीको गाडीमाथि कारवाही गर्ने ट्राफिक प्रहरी टीकाराम बुढा र जवान कमलेश कुमारललाई ‘हन्ड्रेड एस ग्रुपले’ सडकमै सम्मान गरेका हुन्।

बुधबार प्रवक्ता सुवेदीले बा२झ ४३८८ नम्बरको गाडी अनाधिकृत क्षेत्रमा पार्किङ गरेर राखी खाना खान गएका थिए। सोहि बेला ट्राफिकले ह्वील लक गरेका हुन्। ट्राफिक प्रहरीले गाडी लक गरेको थाहा पाएपछि आफ्ना चालकसहित गाडी भएको स्थानमा आएर ट्राफिकलाई ‘म गृह मन्त्रालयको प्रवक्ता हुँ’ भन्दै चिट नकाट्न अनुरोध गरेका थिए । तर उनले गाडी लक गर्नुका साथै एक हजार को चिट काटेका थिए ।

ह्वील लक गरेपछि चर्को दबाबमा केही समयमै अनलक गरेका थिए । तर उनले एक हजार रुपैयाँको चिट भने काटेका थिए । जसकारण ‘हन्ड्रेड एस ग्रुप’का युवाहरुले सडकमै दोसल्ला ओढाएर सम्मान गरेका छन् ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू