उच्च विन्दुमा पुगेर रोकिएको सुनको भाउ आज कति ?

शर्मिला गुरुङ

काठमाडौं, २६ साउन : आज साताको पहिलो दिन अर्थात आइतबार नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ। अघिल्लो साताको आइतबार १९ गते ६६ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ साताभरि लगातार बढेर ७० हजार रुपैयाँ पुगेर रोकिएको थियो।
शुक्रबार स्थिर रहेको सुनको भाउ आज आइतबार पनि स्थिर नै रहेको छ।

त्यस्तै आज तेजावी सुन भाउपनि स्थिर रहेको छ। बिहिबार प्रतितोला ६९ हजार ७ सय रुपैयाँ कारोबार भएको तेजावी सुन शुक्रबार र आज आइतबार पनि सोहि मुल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यसैगरी आज सुनसँगै चाँदीको भाउ पनि स्थिर रहेको छ। आज चाँदी प्रतितोला ८ सय २५ रुपैयाँमा कारोबार भईरहेको छ।

प्रतिक्रिया