उदयपुर अस्पतालको हालत बेहाल , युवाले थाले सुधारका पहल

admin

काठमाडौं, २१ मंसिर : जिल्ला अस्पताल उदयपुरको अवस्था नाजुक भएको भन्दै खेलकुदमा सक्रिय युवाहरूले अस्पतालको निरीक्षण गरेका छन् । जिल्ला फुटबल सङ्घको अगुवाइमा अस्पताल निरीक्षण गरिएको हो ।

अस्पताल निरीक्षण पछि युवाहरूले अस्पतालको अवस्था सुधार गर्न सबै सरोकारवालाहरूलाई ध्यानाकर्षण गराएका छन् । अस्पतालको समस्या छिट्टै समाधानको लागि अस्पताल विकास समितिका अध्यक्ष जी।स।स। प्रमुख खड्ग परियार तथा नगर प्रमुख बलदेव चौधरीको ध्यानाकर्षण गराइएको छ ।

साथै अस्पताल व्यवस्थापन प्रमुखलाई न्यूनतम सरसफाइ, अन्धकारमय अस्पतालको बत्ती मर्मत, अनावश्यक झाडी फडानी गर्नको लागी निर्देशन दिइएको नेकपाका नेता तथा एन्फा प्रवक्ता किरण राईले बताएका छन् । साथै सरकारबाट निशुल्क उपलब्ध हुने ७० प्रकारको औषधि मध्ये ३० प्रकारको औषधि मात्र उपलब्ध भएको पनि फेला परेको छ ।

सबै समस्याहरू एक साता भित्र सुधार गर्ने प्रतिबद्धता लिएर आएको र यदि तोकिएको समयमा सुधारका लक्षण नदेखिए नागरिक सरोकारवालाको हैसियतले समाजिक अभियान थलिने नेता राईले बताएका छन् ।

प्रतिक्रिया