उपत्यकामा १८८८ सहित ३५१७ जना कोरोना संक्रमित थपिए, संक्रमणबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो

admin

काठमाडौं, कात्तिक १४ : पछिल्लो २४ घण्टामा ३५१७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३५१७ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा प्रयोगशालामा १४९८९ जनाको पीसीआर परीक्षण गर्दा ३५१७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

काठमाडौं उपत्यकामा १८८८ जना कोरोना संक्रमित भएका छन् । काठमाडौंमा १५०८, ललितपुरमा २४९ र भक्तपुरमा १३१ जना संक्रमित थपिए । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४०९६ जना डिस्चार्ज भएका छन् ।

योसँगै डिस्चार्ज हुनेको संख्या १२८९५८ रहेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १६ जनाको मृ’त्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा कोरोनाबाट मृ’त्यु हुनेको संख्या ९२० पुगेको छ ।

प्रतिक्रिया