ऋतिक रोशनसँग विवाह गर्न राजी छिन् सोनाक्षी सिन्हा

मनिषा थापा

बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले जीवनसाथीको विषयलाई लिएर एक अन्तर्वार्तामा केही खुलासा गरेकी छिन् । लाइफ स्टाइल म्यागजिनले सोधेको थियो, ‘कुन पुरुष सबैभन्दा ठीक हुन सक्छ, जोसँग सोनाक्षी विवाह गर्न चाहन्छिन् ?’

उनले भनिन्, ‘म यस्तो पुरुषलाई अपनाएर जीवनसाथी बनाउन चाहन्छु जसले मलाई खास महत्व दिन्छ र कहिल्यै झुटो बोल्दैन ।’ साथै उनले आफूले कुनै गलत नियतले विवाह नगर्ने पनि बताएकी छिन् । फिल्म क्षेत्रकै मान्छे विवाहका लागि रोज्नुपर्यो भने रु भन्ने प्रश्नमा उनले आफूलाई ऋतिक रोशन मनपर्ने बताएकी छिन् । आफू विवाहका लागि ऋतिकसँग राजी भएको उनको धारणा थियो ।

बलिउड एक्टर ऋतिक रोशनले वर्ष २०१४ मा पत्नी सुजेन खानलाई डिभोर्स दिए । सुजेनलाई डिभोर्स दिएपछि ऋतिकको जीवनमा निकै ठूलो उतारचढाव आयो । बैबाहिक सम्बन्धलाई औपचारिक रुपमा टंग्याएपनि आफ्ना दुई बच्चाका लागि भने ऋतिक र सुजेनले सधै समय निकाल्दै आइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू