एउटा बिरामीलाई लगाउने सुई अर्कोलाई लगाएपछि १ मिनेटमा ज्यान गयो ! के को सुई हो त्यस्तो [भिडियो सहित]

शर्मिला गुरुङ

पोखरा, २२ चैत : पोखराको मनिपाल अस्पतालका स्वास्थ्यकर्मीको लापरबाहिका कारण बिरामीको मृत्यु भएको आरोप लगाइएको छ । मंगलबार साँझ अस्पतालका स्वास्थ्यकर्मीले एउटा बिरामीलाई लगाउनु पर्ने सुई अर्कै बिरामीलाई लगाईदिएपछि बागलुङ जैमनी वडा नम्बर ८ का ७५ बर्षीय धनराज परियारको मृत्यु भएको आफन्तले बताएका छन् ।

त्यहाँ काम गर्ने स्वास्थ्यकर्मीहरुले सँगैको अर्को बेडमा रहेको अर्कै बिरामीको लागि ल्याएको सुई ल्याएर बुबालाई लगाएपछि उहाँको मृत्यु भएको धनराजका छोरा केशव परियारले बताउनुभयो । सुई लगाउनासाथ वाकवाकी लाग्यो भनेर निस्किएको र दुई मिनेटमै बुबाको मृत्यु भएको केशवको भनाई रहेको छ ।
अर्काको लागि ल्याएको सुई आफ्नो बुबालाई लगाई दिएपछि स्वास्थ्यकर्मीले जिब्रो टोक्दै बाहिर निस्केको कुरुवा बहिनी बिमलाले बताउनुभयो । केशवका अनुसार टाउको दुख्ने तथा खोकि लाग्ने भएपछि धनराजलाई आइतबार मनिपाल ल्याईएको थियो ।

मृतकका आफन्तले लापरबाहीको कारण धनराजको ज्यान गएको बताएपनि अस्पताल प्रशासनले सुईको कारण धनराजको ज्यान नगएको प्रष्ट पारेको छ । अर्कै बिरामीको सुई लगाइनु गलत भएपनि मृत्युको कारण सुई नभएको अस्पतालले बताएपनि धनराजको शव बाल्गुङ लगिएको छ ।
हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू