एक न्यायाधीशमा कोरोना पुष्टि, अदालत ३ दिन बन्द

admin

विराटनगर, २६ साउन : जिल्ला अदालत मोरङका एक न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको छ ।

आइतबार न्यायाधीशसहित ४ जनाको स्वाव लिएर गरिएको परीक्षणमा न्यायाधीशमा संक्रमण पुष्टि भएको अदालतका सूचना अधिकारी युवराज पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार श्रीमानमा संक्रमण पुष्टि भएपछि सोमबारदेखि बुधबारसम्म ३ दिन अदालतबाट हुने सबै सेवा बन्द गर्ने निर्णय भएको छ ।

न्यायाधीशलाई संक्रमण पुष्टि भएसँगै अदालतका अन्य ४० कर्मचारीको परीक्षण तथा कन्ट्रयाक ट्रेसिङ गर्ने तयारी भएको छ ।

पौडेलकाअनुसार सोमबार सात जनाको स्वाव संकलन भएको तथा मंगलबार ३३ जनाको स्वाव परीक्षण गर्ने तयारी भएको छ ।

प्रतिक्रिया