एक लाख कमाउने लोभमा दुई लाख तिरेर सदस्य

admin

काठमाडौं, असोज १६ : दाङको घोराही उपमहानगरपालिकाकी उमादेवी नेपालीलाई एक लाख कमाइ हुने प्रस्ताव घरमै आइपुग्यो। तर एक लाख कमाउनको लागि दुई लाख रुपैयाँ तिरेर कम्पनीको सदस्य बन्नु पर्ने भनियो। निरन्तर एक लाख कमाइ हुने सोचले प्रस्ताव स्वीकार गरिन्।

अझ महत्वपूर्ण कुरा पाँच वर्ष मै पेन्सन पाइने थियो। सद्स‍य बनिन् तर कमाई भने भएन। भारतको विनविन नामक नेटवर्किङ कम्पनीले धेरै सर्वसाधरणलाई यसै गरी ठगि रहेको छ। एक लाख कमाउनको लागि धैरै सदस्य बनाउने काम सर्वसाधरणले गरकेा थिए ठूलो रकम नेटवर्किङ कम्पनीले उठाएपछि बल्ल सर्वासाधरण ठगिएको पत्ता पाएका छन्।

रकम उठाएका केही महिला पक्राऊ परेको खबर नागरिक दैनिकमा रहेको छ। धेरै तलबका साथै कम्पनीको सदस्य बनाउने र पेन्सन दिने लोभ देखाएर धेरै नेपालीलाई भारतीय नेटवर्किङ कम्पनीले ठगि गरेको छ।

प्रतिक्रिया