एनसेलको टावरमाथि आगजनी

कृष्ण रोकाया

खस्यौली, ११ फागुन : रुपन्देहीको गौरहवा गाउँपालिका–३ स्थित कटवामा एनसेलको टावरमाथि आगजनी भएको छ । गए राति भएको आगलागीबाट तार जलेर नष्ट भएको प्रहरी चौकी सूर्यपुराका प्रहरी निरीक्षक जीवराज चुँदालीले जानकारी दिनुभयो ।

आगलागीबाट सूर्यपुरा आसपासमा एनसेलको सेवा अवरुद्ध भएको छ । विप्लव नेतृत्वको नेकपा माओवादीले टावरमाथि आगजनी गराएको अनुमान गरिए पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया