एमसिसी उपाध्यक्ष फतिमा सुमार काठमाडौँमा, सुरक्षा व्यवस्था अत्यन्तै कडा

admin

मिलिनियम च्यालेन्ज कर्पोरेन (एमसीसी) की उपाध्यक्ष फातिमा जेड सुमार आज काठमाडौं आइपुगेकी छिन्। बिहीबार बिहान कतार एयरको जहाजबाट त्रिभुवन विमानस्थल आइपुगेकी हु्न्।

एमसीसीका बारे बहस चलिरहेका बेला नेपाल भ्रमणमा आएकी उपाध्यक्ष सुमारको यो भ्रमणलाई निकै अर्थपूर्ण रूपमा हेरिएको छ।

उनले काठमाडौंमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डु’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल लगायत नेताहरुसँग भेटवार्ता गर्ने बताइएको छ।

उपाध्यक्ष सुमारले अर्थ मन्त्रालयले एमसीसीका बारेमा सोधेको प्रश्नको बुधबार जवाफ पठाएकी थिइन्। जवाफमा एमसीसीको कुनै पनि सैन्य रणानीतिसँग सम्बन्ध नरहेको स्षष्ट पारेकी थिइन्।

प्रतिक्रिया