एमालेलाई संसदमा आउन लाज हुनुपर्ने हो : डा. भट्टराई

admin

काठमाडौं, ११ असोज : सत्ता साझेदार जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईले नेकपा एमालेका सांसदहरूलाई पदबाट राजीनामा दिन चुनौती दिएका छन् । सोमबार प्रतिनिधि सभा बैठकबाट बाहिरिने क्रममा उनले अलिकति पनि नैतिकता छ भने एमालेका सांसदहरूले संसदमा अवरोध गरेर बस्ने नभइ राजीनामा गरेर नागरिकको बीचमा जानुपर्ने प्रतिक्रिया दिए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईले संसद्लाई दुई/दुई पटक विघटन गर्ने एमालेलाई संसदमा आउनसमेत लाज हुनुपर्ने टिप्पणीसमेत गरेका हुन् । अध्यक्ष भट्टराईले सर्वोच्चको फैसला मान्दैनौँ भन्ने एमालेले संविधानको सर्वोच्चता र संसदीय मर्यादाको कुरा गर्नु लाजको विषय भएको पनि दोहोर्‍याए । भट्टराईले एमाले आफैँले विघटन गरेको संसदमा अवरोध सिर्जना गरेर निर्लज्जताको पराकाष्ठा देखाएको उल्लेख गर्दै त्यसबारे आफूले थप टिप्पणी गर्न नचाहेको बताए ।

उनले भने, ‘जसले संसद्लाई दुई/दुई चोटि विघटन गर्छ । ती मान्छेहरूले लाजै पचाएर संवैधानिक सर्वोच्चता कायम गर भन्ने । सर्वोच्चको फैसला मान्दैनौँ भन्ने अनि संवैधानिक सर्वोच्चता भन्ने रु अनि संसदीय मर्यादा कायम । जुन संसद्लाई विघटन गरिसक्यो, उसले त्यो संसदमा आउन त लाज हुनुपर्ने हो । मैले पार्टी छोडिसकेपछि दोस्रो संविधान सभा पछि २०७२ सालमा तुरुन्तै राजीनामा गरेको थिँए । उहाँहरूमा अलिकति पनि नैतिकता छ भने राजीनामा गरेर जनताबीच जानुपर्छ ।’

प्रतिक्रिया