एसइईको परीक्षा चैत ६ गते देखि नै हुन्छ !

admin

काठमाडौं, २३ फागुन : २०७६ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षा नसर्ने भएको छ।

यसअघि कक्षा १ देखि ९ सम्मका परीक्षा चैत्र पाँच गतेसम्ममा सकाउन मन्त्रालयले पत्राचार गरेको थियो।

शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रेस विज्ञप्ती जारी गर्दै एसइईको परीक्षा चैत्र ६ गते देखि नै हुने जानकारी दिएको हो ।

‘एसइई परीक्षा स्थगित भएको र विद्यालयहरु बन्द भएको भन्ने खालका गलत समाचारहरु प्रवाह रहेको विषयमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तीमा उल्लेख छ, ‘चैत छ गतेदेखि हुने गरी तय भएको परीक्षा यथावत रहेको छ।’

विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालहरुले एसइई स्थगित भएको भन्ने समाचार प्रकाशित भएको भन्दै मन्त्रालयले विज्ञप्ती निकालेको हो। 

यस्तै, आवश्यकता अनुसार थप निर्णय भएमा मन्त्रालयले अर्को सूचना निकाल्ने जानकारी दिएको छ।

प्रतिक्रिया