ओमकार महाअभियानको उपस्थितिमा भारतको मुम्बईमा सप्ताहब्यापी श्रीमदभागवद भव्यताका साथ सम्पन्न

admin

श्री शिवदत्त सेवा धाम च्यारिटेबल ट्रष्टद्वारा आयोजित दिब्य श्रीमद्भागवत सप्ताह नवी मुम्बई, कोपर खैरणेमा भव्यताका साथ सम्पन्न भएको छ । यस धार्मिक कार्यक्रममा विश्व हिन्दु महासंघ अन्तराष्ट्रिय समिति अन्तर्गतको ओमकार महाअभियानका प्रमुख संयोजक श्री निक्ष शम्सेर राणा प्रमुख अतिथिको रुपमा उपस्थिति भएका थियो भने विशेष अतिथिको रुपमा धार्मिक समाजसेवी मुनिश पन्डित, सनातन हिन्दु बाहिणी हरियाणा प्रदेश अध्यक्ष तेजपाल सिंह, समाजसेवी पंकज शर्मा, बिपी शास्त्रीको उपस्थिति रहेको थियो ।

 

उक्त कार्यक्रममा नेपाल र भारत गरि हिन्दू अधिराज्य तथा गौरक्षा अभियानका संस्थागत प्रतिनिधित्व गर्दै ३० भन्दा बढी संस्थागत टोलीको समेत उपस्थिति रहेको थियो । ट्रष्टले आगन्तुक अतिथिको भव्य रुपमा स्वागत र सत्कार गरेको थियो। विश्व हिन्दु युवा संघका राष्ट्रिय अध्यक्ष पुज्य सन्त नवल बिहारी शरणजी महाराजको आशिर्वचन र ट्र्ष्ट्का अध्यक्ष साधुजी महाराजको विशेष पहलमा आयोजित श्रीमद भागवत कथामा अन्तराष्टिय कथा प्रबक्ता एवं माया घर नेपालकी संस्थापक अध्यक्ष भागवत मञ्जरी राधिका दासीजीको तर्फ बाट भक्तिमय प्रवचन भएको थियो । साथै भारतको मुम्बई स्थित संयुत्त नेपाली महासंघ, मनकामना एकता फाउन्डेसन र नेपाली समाज मुम्बई लगायत अन्य १० भन्दा बढी नेपाली संघ संस्थाको पनि बृहत सहभागिता, साथ र सहयोग पनि रहेको थियो ।

भारतको मुम्बईमा आयोजित यस कार्यक्रम एक ऐतिहासिक मात्र नभएर हाम्रो धर्म संस्कृति र संस्कार लाई प्रेरणा दिदैँ ” नेपाल भ्रमण बर्ष २०२० ” धार्मिक रुपमा सफल पार्ने उदेश्यले नेपाल भ्रमणको निमन्त्रणा समेत दिदैँ सम्पन्न भएको थियो। गत फाल्गुन ७ गते देखि १३ गते सम्म आयोजित यस सप्ताह ब्यापी दिब्य संगीतमय श्रीमद्भागवत महापुराणमा प्रमुख अतिथिको रुपमा ओमकार महाअभियानका प्रमुख संरक्षक श्री निक्ष शमसेर राणा, बिश्व हिन्दु महासङ्घ नेपालका केन्द्रिय उपाध्यक्ष श्री दिनेश कुमार सिजापती, नेपाल बिश्व हिन्दु महासङ्ग का उपाध्यक्ष श्री बिजय प्रकाश निसाद , रेस्क्यु नेपालका अध्यक्ष इन्द्रलाल गोले सहित अन्य १३ भन्दा बढी सामाजिक एवं धर्मिक संस्थाको प्रतिनिधि टोलिको उपस्थिति रहेको थियो। यस कार्यक्रमको आयोजक श्री शिव दत्त सेवा धाम च्यारेटेवल ट्रष्टले हरेक १ वर्ष ६ महिनामा आयोजना गर्ने संकल्प सहित सुरु गरेको हो ।

प्रतिक्रिया