ओलीद्वारा आकस्मिक स्थायी समिति बैठक बोलाइयो

admin

काठमाडौं, २३ बैशाख : नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक स्थायी समिति बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक केहीबेरमा सुरु हुन लागेको नेता सुवास नेम्वाङले जानकारी दिएका छन् ।

उनका अनुसार आगामी बैशाख २७ प्रधानमन्त्रीले लिने विस्वासको मत, आगामी बैशाख ६ गते हुने वागमतीको राष्ट्रिय सभा सदस्य निर्वाचन लगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो । बैठकमा बुधबार कांग्रेस सभापति शेरबहादुर देउवासँगको भेटवार्ताबारे पनि ओलीले व्रिफिङ गर्नेछन् ।

प्रधानमन्त्री ओलीले आफूले विश्वासको मत लिन नसके अरूले बहुमतको सरकार बनाउने अवस्था पनि नरहने भन्दै चुनावमा जानुपर्ने तर्क अगाडि सारिरहेका छन् ।

प्रतिक्रिया