ओली एकलौटी ढङ्गले अघि बढ्न खोजेको कारण मुलुकमा अस्थिरता पैदा भयो : सुजाता कोइराला

admin

काठमाडौं, ३ बैशाख : नेपाली कांग्रेसकी नेतृ एवम् पूर्वउपप्रधानमन्त्री सुजाता कोइरालाले प्रधानमन्त्री ओली एकलौटी ढङ्गले अघि बढ्न खोजेको कारण मुलुकमा अस्थिरता पैदा भएको टिप्पणी गर्नुभएको छ ।

शुक्रबार जी.पी कोइरालाको ११ औं स्मृति दिवसको अवसरमा जी.पी कोइराला स्मृति प्रतिष्ठान बुटवलले आयोजना गरेको महिला भलिबल रनिङ्ग शिल्ड प्रतियोगितामा बोल्दै कोइरालाले नेपालमा सहमति,सहकार्य र एकता बिना कसैले केही गर्न नसक्ने जिकिर गर्दै मुलुकमा यो अस्थिरता देखा पर्नुमा प्रधानमन्त्री ओलीको अहमता,एकलौटी शासन प्रणाली नै रहेको बताउनु भएको हो ।

पूर्व उपप्रधानमन्त्री समेत रहनुभएकी कोइरालाले असफल नेतृत्वका कारण सरकार पूर्ण रुपमा असफल भइसकेको बताउनुभयो ।

त्यस्तै उहाले नेपाली जनता कोरोना महामारी लगायत अनेंकौ समस्याहरुसगँ जुध्न परिरहेको बेला सरकारले ठूला ठूला सपना बाड्नु शिवाय नेपाली जनताका लागी केही पनि गर्न नसकेको दाबी गर्नुभयो । प्रतियोगितामा रुपन्देहीका स्कुल कलेजका महिला टिमहरु सहभागिता भएको थिए ।

प्रतिक्रिया